जनकपुरधाम- जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी जवान प्रमोद महतोमाथि कार्यालय परिसरभित्रै छुरा प्रहार भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन थापाले जवान महतोमाथि छुरा प्रहार भएको जानकारी दिए।
महोत्तरीको गौशाला नगरपालिका–३ घर भएका महतो जरिवाना भुक्तान गर्न कार्यालय छिरेका बेला उनीमाथि छुरा प्रहार भएको थियो।
उनले कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न कार्यालय छिरेका बेला महतोमाथि छुरा प्रहार भएको जानकारी दिए।
प्रहरीका अनुसार रौतहट राजपुर–१ का यमामुद्दिन देमानले महतोमाथि छुरा प्रहार गरेका हुन्।
पूर्वपश्चिम लोकमार्गमा ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका देमानले प्रहरी जवान महतोमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा देमानलाई तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ।
Leave a Reply