सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा केही बेरअघि बैठक सुरू भएको हो।

बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थनबारे निर्णय हुने नेताहरूले बताएका छन्।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसहितको गठबन्धनमा फर्किएका छन्।

नयाँ गठबन्धन बनेसँगै सोमबार कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको थियो।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले धोका दिएको बताएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *