काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनले आइसिसी टि–२० विश्वपक गुमाउने भएका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत सन् २०१९ कै जस्तै यसपालि पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाएका छन्।
काठमाडौं जिल्ला अदालतले एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको थियो।
तर, गत साता उच्च अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
उच्च अदालतको फैसलापछि उनलाई विश्वकप प्रतियोगिता खेल्न अमेरिका पठाउन खोजिएको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।
लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर, दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।
अमेरिका र वेस्टइन्डिजमा हुन लागेको टि–२० विश्वकप प्रतियोगितामा नेपाल पनि सहभागी हुन लागेको छ।
Leave a Reply