काठमाडौं- नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैंमाथि गोली हानेर आत्महत्या गरेका छन्।
संसद भवनको सुरक्षार्थ खटेका प्रहरी जवान अजित गोलेले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।
उनको शव शौचालयभित्र भेटिएको बताइएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संघीय संसद सचिावलय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको बताएका छन्।
काठमाडौं प्रहरीका एक अधिकारीले प्रहरी जवान गोलेले आफैंमाथि गोली हानेर आत्महत्या गरेको बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Leave a Reply