विश्वासको मतअघि एकीकृत समाजवादीले प्रचण्डसँग खोज्यो लिखित सहमति

काठमाडौं- सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी) ले विश्वासको मत दिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लिखित सहमतिको सर्त अघि सारेको छ।

राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवारलाई भोट दिन र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुअघि एकीकृत समाजवादीले लिखित सहमतिको अडान राखेको हो।

एकीकृत समाजवादीको सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभामा माओवादीले सारेका उम्मेदवारलाई भोट दिन र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनअघि आफ्नो पार्टीसँग लिखित सहमति गर्नुपर्ने निर्णय गरेको हो।

प्रमुख सचेतक मेटमणि चौधरीले मंगलबार हुन लागेको राष्ट्रियसभा अध्यक्षको निर्वाचन र बुधबार प्रधानमन्त्रीले लिने विश्वासको मतअघि आफ्नो पार्टीसँग लिखित सहमति गर्नुपर्ने बताए।

आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले सहयोग गर्न सक्ने उनको भनाइ छ।

चौधरीले पार्टीले अघि सारेका मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रियसभा अध्यक्ष र विश्वासको मतको पक्षमा मत हाल्न पार्टीका सांसद बाध्य नरहेको बताए।

‘उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिहरहनुपर्ने जरूरी ठानेका छैनौं, ठान्दैनौं। उहाँमा भर पर्छ। सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमत हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न,’ चौधरीले भने।

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्रीले सपथ लिइसकेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *