विकल पौडेल थुनामा

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वनिर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई थुनामा पठाउन आदेश दिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेलविरूद्ध गत जेठ ९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *