राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

संघीय संसद सचिवालयले जेठ १ गते दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसदका सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ

मंगलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ।

‘सम्मानीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम मिति २०८१ जेठ १ गते मंगलबार ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा संघीय संसदका माननीय सदस्यहरूको उपस्थितिका लागि संघीय संसदको संयुक्त बैठक संयुक्त समिति नियमाली २०८० को नियम ३ को उपनियम १ बमोजिन यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ।

सबै सांसदलाई २ : ४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थित भइसक्नुपर्ने सूचनामा उल्लेख छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *