युद्धविराम गर्ने हमासको प्रस्ताव इजरायलद्वारा अस्वीकार

काठमाडौं – इजरायलले प्यालेस्टिनी लडाकु समूह हमासले प्रस्ताव गरेको युद्धविरामको सर्त अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासका सर्त अस्वीकार गरेका हुन्।

उनले केही महिनाभित्र पूर्ण विजय सम्भव रहेको बताएका छन्।

इजरायल समर्थित युद्धविराम प्रस्तावको जवाफमा हमासले श्रृंखलाबद्ध मागहरु राखेपछि प्रधानमन्त्री नेतान्याहुले असहमतिसहितको प्रतिक्रिया दिएका छन्।

शान्तिका लागि सम्झौतामा पुग्ने प्रयास जारी रहेको उल्लेख गर्दै उनले पूर्ण र अन्तिम विजयबाहेक अर्को समाधान नभएको बताए।

प्रधानमन्त्री नेतान्याहुको टिप्पणीले इजरायल मध्यपूर्वमा द्वन्द्व जारी राख्न चाहेको पुष्टि भएको हमास नेताको प्रतिक्रिया छ।

इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता कायरोमा हुने अपेक्षा गरिएको इजिप्टको आधिकारिक स्रोतले बिबिसीलाई बताएको छ।

इजिप्टले सबै पक्षहरुलाई शान्ति सम्झौता निष्कर्षमा पु¥याउन आवश्यक लचक हुन आह्वान गरेको समाचार स्रोतले उल्लेख गरेको छ।

हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो जवाफी प्रस्ताव राखेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *