जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले ४ वैशाखमा कार्यभार सम्हालेको १५ महिनाभित्रै चौथोंपटक प्रदेससबाट विश्वासको मत लिए।
यादव नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपरेको थियो।
प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल जनमत पार्टीले प्रदेससभा बैठकमा अवरोध गरेपछि उनलाई विश्वासको मत लिन हम्मे परेको थियो।
दुईपटक स्थगित भएर तेस्रोपटक अबेर साँझ बसेको प्रदेससभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिँदा कांग्रेस र जनमतका सांसदहरू उपस्थित भएनन्।
विपक्षी दलहरूले बहिष्कार गरेको बैठकमा विश्वासको मत लिएका उनले १०७ सदस्यीय प्रदेससभामा ६१ मत प्राप्त गरे। बहुमतका लागि आवश्यक ५४ भन्दा ७ मतबढी यादवको पक्षमा परेको थियो।
प्रदेससभाबाट विश्वासको मत प्राप्त गरेको एक महिना नपुग्दै मुख्यमन्त्री यादवसामु फेरि विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ।
र, यसपालि उनले विश्वासको मत लिनुपर्ने कारण विपक्षी दल नभएर उनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको छ।
आइतबार जसपा नेपाल फुटेपछि मुख्यमन्त्री यादवसामु विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था आइपरेको हो।
मुख्यमन्त्रीको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैैधानिक व्यवस्था छ।
संविधानको धारा १८८ कोे उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेस सरकारमा सहभागी दलले आफ्नो समर्र्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेससभासमक्ष प्रस्ताव राख्नुपर्ने छ,’ उल्लेख छ।
मुख्यमन्त्री यादवले प्रतिनिधित्व गर्ने दल जसपा नेपाल विभाजित भइ सात जना प्रतिनिधिसभा सदस्यलले जनता समाजवादी पार्टीको नाममा नयााँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दललााई निर्वाचन आयोेगले मान्यता दिएसँगै मुख्यमन्त्री यादवले प्र्रदेससभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
मुुख्यमन्त्री पद सम्हालेको १८ महिनाभित्रै विश्वासको मत लिएकोे यो पाँचौंपटक हुनेछ।
यसअघि सरकारबाट बाहिरिँदै जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनले ६ फागुनमा विश्वासको मत लिएका थिए। मुख्यमन्त्री यादवले विश्वासको मत लिएकोे त्यो तेस्रोपटक थियाोे।
त्यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनले दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो।
मुख्यमन्त्री नियुक्त भएपछि यादवले पहिलोपटक विश्वासको मत लिएका थिए।
Leave a Reply