जनकपुरधाम- अमेरिकाको मिसिगनमा गोलीबारी गर्ने एक किशोरका आमाबुबालाई अदालतले १० र १५ वर्ष कैदको सजाय सुनाएको छ।
यो गोलीबारीमा चार जना विद्यार्थीको ज्यान गएको थियो।
पहिले किशोरका आमाबाबुलाई ७ वर्षको सजाय दिने सुझाव दिइएको थियो। तर, अभियोजनपक्षले यसलाई बढाउन माग गरेको थियो।
जेम्स र जेनिफर क्रम्बली मंगलबार सजाय तोक्ने बेला अदालतमा पेस भएका थिए।
दुवै जनाले आफ्नो छोराले गरेको हमलाप्रति खेद प्रकट गरे।
एक ऐतिहासिक मामिलामा न्यायाधीशहरूले एथान क्रम्बलीका आमाबाबुलाई छोराले गरेको अपराधमा दोषी ठहर गरेको हो।
आमाबाबुलाई दिइएको १० र १५ वर्षको जेल सजायले भविष्यमा यसखाले आपराधिक घटना रोक्न मद्त पु¥याउने न्यायाधीशले आफ्नो फैसलामा उल्लेख गरेका छन्।
आमाबाबुले आफ्नो छोराको मानसिक स्वास्थ्यलाई नजरअन्दाज गरेको अभियोजनपक्षले आरोप लगाएको थियो।
सन् २०२१ मा भएको हमलामा आमाबाबुले नै किशोरलाई बन्दुक खरिद गरेर दिएको अभियोजनपक्षको भनाइ थियो।
आक्रमणका बेला युवकको उमेर १५ वर्ष थियो र उनले अक्सफोर्ड हाइ स्कुलमा सेमी–अटोमेटिक बन्दुकले गोलीबारी गरेका थिए।
हाल ती युवक जेल सजाय काटिरहेका छन्।(बिबिसीबाट)
Leave a Reply