जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले मधेस, कोसी र बागमती प्रदेसमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको हो।
मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको हो।
कोसी प्रदेसको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो मधेस, कोसी, बागमती र गण्डकी प्रदेसलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ।
कोसी, बागमती र गण्डकी प्रदेसका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेसका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै कोसी, बागमती र गण्डकी प्रदेसका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेसमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम सफा रहनेछ।
आगामी २४ घन्टामा कोसी, मधेस, बागमती र गण्डकी प्रदेसका केही स्थान तथा लुम्बिनी प्रदेसका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोसी, बागमती र गण्डकी प्रदेसका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
काठमाडौं उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले जनाएको छ।
यहाँ अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ।
Leave a Reply