जनकपुरधाम- मधेस प्रदेस सरकारले आगामी आर्थिक वर्षका लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ।
प्रदेस सरकारका अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेससभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन्।
चालुतर्फ १६ अर्ब ७ लाख १ हजार (३६.४५ प्रतिशत) र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५) प्रतिशत बजेट विनियोजन गरिएको छ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा ०.५० प्रतिशतले घटी हो।
बजेटमा स्थानीय तहसँग समन्वय गरी मधेस प्रदेसका १३६ वटै स्थानीय तहमा पशु नश्ल केन्द्र स्थापना र सञ्चालन गर्न रू. ५ करोड २८ लाख रूपैयाँ विनियोजन गरिएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयतर्फ रू. २ अर्ब ७९ करोड १९ लाख विनियोजन गरिएको छ।
त्यस्तै वन तथा वातावरण मन्त्रालयतर्फ रू. २ अर्ब ४२ करोड ४० लाख २५ हजार रूपैयाँ विनियोज गरिएको छ।
अर्थमन्त्री साहले विसं. २०८२ लाई ‘घुमौं मधेस, बुझौं मधेस’ मूल नाराका साथ मनाइने मधेस पर्यटन वर्षको पूर्वतयारीका लागि आवश्यक रकम विनियोजन गरिएको जानकारी दिए।
बजेटमा श्रम तथा यातायात मन्त्रालयतर्फ रू.९९ करोड ९७ लाख ४८ हजार रूपैयाँ विनियोजन गरिएको छ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रूपैयाँ विनियोजन गरिएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ २ अर्ब ९० करोड ५१ लाख ७६ हजार रूपैयाँ विनियोजन गरिएकोे मन्त्री साहले जानकारी दिए।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रू. ५ अर्ब २१ करोड ६५ लाख ६ हजार रूपैयाँ विनियोजन गरिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार सबै पालिकालाई रू. १ अर्ब १८ करोड ८ लाख ४० हजार रूपैयाँ प्रदान गरिने बजेटमा उल्लेख छ।
Leave a Reply