काठमाडौं- भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत नरवीर खड्कासहित चार जना जेल चलान भएका छन्।
संगठित अपराध र कीर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थुनामा पठाएको हो।
अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोन तामाङ जेल चलान भएका हुन्।
अदालतले अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई ७–७ लाख, गीता शाहलाई ५ लाख, विनोद कार्कीलाई २ लाख, रविन अर्याल र पदम लामालाई १–१ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ।
प्रहरीले सरकारी वकिलमार्फत गत साता २२ जनाविरूद्ध मुद्दा चलाएको थियो।
मुद्दा चलाइएकामध्ये ८ जना अध्यागमन अधिकृतसहित १२ जना फरार छन्।
Leave a Reply