भरतपुर भ्रमण वर्ष आजदेखि, पाँच पूर्वप्रधानमन्त्री पुग्दै

काठमाडौं- भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि सुरू हुँदैछ।

पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यका साथ नारायणी नदीको किनारमा भरतपुर भ्रमण वर्ष सुरू हुन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे ‘भरतपुर भ्रमण वर्ष २०२४’ उदघाटन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम उदघाटन गर्न प्रचण्ड बिहीबार साँझ चितवन पुगिसकेका छन्।

कार्यक्रममा पाँच जना पूर्वप्रधानमन्त्रीहरू सहभागी हुँदैछन्।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

त्यस्तै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने, उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति रहने जनाइएको छ।

उदघाटन कार्यक्रममा बागमती प्रदेसका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेस प्रमुख अमिक शेरचन पनि कार्यक्रममा उपस्थित हुनेछन्।

त्यस्तै माल्टाको एम्सिदा नगरका नगरप्रमुख मारर्गेरेट सेपाइसँगै पोखरा र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।

चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिका प्रमुख एवं अध्यक्षहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको छ।

भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पु¥याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो।

भ्रमण वर्षमा आन्तरिक पाँच लाख र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने महानगरपालिकाले लक्ष्य राखेको छ।

भ्रमण वर्षका लागि महानगरभित्र सात मुख्य तन्तव्य तोकिएका छन्। यसका अतिरिक्त २१ गन्तव्यको प्रचारप्रसार गरिएको छ।

आौपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति गर्नेछन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *