काठमाडौं- दाङमा गोली प्रहारबाट एक महिला प्रहरीको हत्या भएको छ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापाको बिहीबार साँझ गोली हानेर हत्या भएको हो।
धनमायालाई उनकी श्रीमान यमबहादुर झाक्री मगरले गोली हानेर हत्या गरेको हो। झाक्री नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले प्रहरी जवान धनमाया घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटी गरिरहेको बेला यमबहादुरले गोली हानेर हत्या गरेको जानकारी दिए।
गोली लागेर गम्भीर घाइते भएकी धनमायाको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
हत्यापछि फरार झाक्रीलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
Leave a Reply