प्रतिनिधिसभा बैठक : माघ २४ गतेसम्म स्थगित, बाधा अड्काउ फुकाऊ आदेस पेस

काठमाडौं- प्रतिनिधिसभाले फागुन १५ गतेसम्मको क्यालेन्डर सार्वजनिक गरेको छ।

क्यालेन्डरमा माघ २२ गतेदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयस सार्वजनिक गरिएको हो।

क्यालेन्डरअनुसार माघ महिनामा दुई दिनमात्र २२ र २४ गते प्रतिनिधिसभाको बैठक बस्नेछ।

त्यसपछि फागुनमा ६ गते, १० गते, १३ गते र १४ गते बैठक बस्नेछ।

क्यालेन्डरमा बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि उल्लेख गरिएको छ।

सार्वजनिक क्यालेन्डरअनुसार फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ।

बाधा अड्काउ फुकाऊ आदेश पेस

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेस पेस भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे।

यो अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने व्यवस्था छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अडकाउ फुकाउ आदेश पेस गरे।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *