प्रचण्डको दिल्ली भ्रमण स्वीकृत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली जाने बताइन्।

उनले प्रतिनिधिमण्डलमा कतिजना हुने भन्ने एकीन नभएको जानकारी दिइन्।

मोदीले आगामी शनिबार वा आइतबार तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार मोदीसँग टेलिफोनवार्ता गरेका थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *