पत्रकार खुद्दारमाथि प्रहरीको दुर्व्यवहार, दोषीलाई कारबाही गर्ने डिएसपीको प्रतिबद्धता

जनकपुरधाम-जनकपुरधाममा प्रहरीले पत्रकार हदिस खुद्दारमाथि दुर्व्यवहार गरेको छ।

समाचार संकलनका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका पत्रकार खुद्दारमाथि प्रहरीले दुर्व्यवहार गरेको हो।

नयाँ पत्रिकाका जनकपुर संवाददाता एवं नेपाल पत्रकार महासंघ मधेस प्रदेसका कार्यसमिति सदस्य रहेका उनलाई प्रहरीले केही समय नियन्त्रणमा समेत लिएको थियो।

आफू पत्रकार रहेको जानकारी गराए पनि प्रहरी निरीक्षक नवराज खड्काको निर्देशनमा प्रहरी जवान रुपेशकुमार यादवसहितले जिल्ला प्रहरी कार्यालयको गेटबाट समातेर कार्यालयभित्र लगेको खुद्दारले बताएका छन्।

तर, पछि प्रहरी निरीक्षक रामविनय सिंहले उनी पत्रकार रहेको र समाचार संकलनका लागि आएको भन्दै खुद्दारलाई छोड्न लगाएका थिए।

समाचार संकलनका क्रममा खुद्दारले भिडियो र फोटो खिचिरहेको मोबाइल फोन पनि प्रहरीले खोसेको थियो।

नेपाल पत्रकार महासंघ मधेस प्रदेसका अध्यक्ष राजेश कर्णसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि निमित्त प्रमुख डिएसपी रञ्जन अवाले खुद्दारको मोबाइल फिर्ता गर्न लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय पुगेका अध्यक्ष कर्णसहितका पत्रकारहरूले खुद्दारमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

डिएसपी अवाले तीन दिनभित्र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

जनकपुरधाम–२० मा पाँच दिनअघि भएको खुकुरी प्रहारसम्बन्धी घटनाको जाहेरी पीडितले दिए पनि दर्ता नभएपछि उनीहरू जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनको फोटो र भिडियो खिचिरहेका खुद्दारको मोबाइल प्रहरी निरीक्षक खड्काले खोस्न लगाएका थिए।

प्रहरी निरीक्षक सिंहले मोबाइल फिर्ता गर्न लगाएपछि खुद्दार घटनाबारे पीडितहरूसँग कुराकानी गरिरहेका थिए।

त्यही बेला प्रहरीले पीडितमाथि लाठी चार्ज गरेपछि उनले भिडियो खिच्न खोजेका थिए।

प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो। जिल्ला प्रहरी कार्यालय लगेपछि प्रहरी निरीक्षक खड्काले खुद्दारलाई थुन्न आफूमातहतका प्रहरीलाई निर्देशन पनि दिएका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *