काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ का लागि मंगलबार आन्दोलनको घोषणा गर्दैछ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बृहत आमसभा गरेर जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर ‘नौलो गणतन्त्र’ का लागि भन्दै आन्दोलनको घोषणा गर्न लागेको हो।
आमसभाका लागि देशभरबाट जनमत पार्टीबाट नेता, कार्यकर्ता तथा सर्वसाधारणहरू काठमाडौं पुगेका छन्।
कार्यक्रममा सहभागी हुन मधेस, लुम्बिनी, कोसीलगायतका प्रदेसबाट जनमत पार्टीका नेता तथा कार्यकर्ता जुटेका छन्।
‘उठौं, जागौं–देश विकासको आन्दोलनमा सहभागी होऔं, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी हाऔं, भ्रष्टाचार मेटाऔं, दलतन्त्रको तानाशाही हटाऔं, जनताको अधिकार जनताकै हातमा दिऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित ‘नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र’ ल्यायौं’ भन्ने नारा दिएर आमसभामार्फत आन्दोलनको घोषणा गरिने जनमत पार्टीले जनाएको छ।
Leave a Reply