धनुषा निर्माण व्यवसायी संघ निर्वाचन : अध्यक्षका लागि ६ जनाको उम्मेदवारी

जनकपुरधाम- धनुषा निर्माण व्यवसायी महासंघको अध्यक्ष पदका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन्।

नयाँ नेतृत्व चयन गर्न आगामी २४ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले जनाएअनुसार रमेशकुमार यादव, प्रदीपकुमार गुप्ता, रितेश लाल, जगदिश महासेठ, लक्ष्मण महासेठ र अशोक चौधरीले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्।

त्यस्तै उपाध्यक्षका लागि पनि ६ जना प्रतिस्पर्धामा छन्।

उपाध्यक्षमा विजयकुमार झा, जयप्रकाश साह, दीपककुमार शर्मा, सुरेन्द्रकुमार राय, सन्तोषकुमार साह र विकाशकुमार साहको उम्मेदवारी परेको छ।

महासचिवमा रुपेशकुमार सिंह, राकेशप्रसाद जयसवाल, विकासप्रसाद यादव, वीरेन्द्र यादव र राजेश दासले उम्मेदवारी दर्ता गराएका छन्।

सचिव पदका लागि सन्तोषकुमार मुखिया, मनोजकुमार साह, मुकेशकुमार कर्ण र नवनितकुमार झाले उम्मेदवारी दिएका छन्।

यस्तै कोषाध्यक्षमा जयकुमार यादव, सुनिलकुमार साह, लक्ष्मणकुमार यादव, रञ्जीतराज सिंह र वैजनाथ यादवको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

‘घ’ वर्गबाट निर्वाचित हुने तीन जना सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन्।

शिवेशकुमार ठाकुर, सुजितकुमार झा, राजीवकुमार साह, कमलेशकुमार जयसवाल, दीपककुमार यादव, मात्रिकाप्रसाद साह, प्रदीप भण्डारी, विश्वनाथ यादव र अरविन्दकुमार ठाकुरको उम्मेदवारी परेको हो।

यस्तै ‘क’ वर्गबाट सन्तोषकुमार यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *