जनकपुरधाम- धनुषामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी घाइत भएका छन्। जनकपुरधाम–४ स्थित एजुकेसन प्वाइन्ट विद्यालयको मधेश प्रदेश ०२–००६ क ०८७१ नम्बरको बस लक्ष्मिनीयाँ गाउँपालिकाको ठेरामा दुर्घटना भएको हो।
दुर्घटनामा परी बसमा सबार विद्यार्थीहरू अनिस यादव, अनिस मण्डल, इन्दू यादव र बस चालक मिथिला यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरूणकुमार सिंहले जानकारी दिए।
उनकाअनुसार घाइतेमध्ये तीन जना सामान्य र एक जना मध्यम अवस्थामा रहेका छन्।
धनुषाधामतर्फबाट विद्यार्थी लिएर जनकपुरतर्फ आउँदै गरेको बस बुधबार बिहान ठेरामा दुर्घटना भएको उनले बताए।
अत्याधिक हुस्सु र कुहिराको कारण भिजिविलिटी कम भएर बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
Leave a Reply