काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
संसदीय समितिको कार्यदेश (टिओआर) बनाउने विषयमा सहमति जुट्न नसकिरहेको बेला देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन्।
दुवै नेताबीच सहकारीको रकम अपचलन भएको विषयमा छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यदेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच करिब ४० मिनेट कुराकानी भएको थियो।
सहकारी बचतकर्ताको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति बनाउन माग गर्दै सदन अवरूद्ध गर्दै आइरहेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले टिओआरमा गृहमन्त्री लामिछानेको नाम किटान गर्नुपर्ने अडान लिएको छ भने सत्तापक्ष त्यसका लागि तयार देखिएका छैनन्।
आइतबार बोलाइएको संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
त्यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा निवास पुगेका हुन्।
Leave a Reply