जनकपुरधाम- प्रहरीले दुबइ पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा बारा सिम्रौनगढका पुरमान भन्ने फरमान हबारीलाई काठमाडौंबाट पक्राउ गरेको छ।
दुबइ पठाइदिने भन्दै चार जनासँग रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हबारीलाई पक्राउ गरेको हो।
सिम्रौनगढ घरभइ हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारा बस्दै आएका हबारीलाई कागेश्वरी मनहरा–८ बाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
हबारीले निरज सेन्चुरीसहित चार जनालाई वैदेशिक रोजगारीका लागि दुबइ पठाइदिने भन्दै प्रतिव्यक्ति साढे तीन लाख गरी ११ लाख ६६ हजार रूपैयाँ लिएको प्रहरीले जानकारी दिएको छ।
दुबइमा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ७० हजार रूपैयाँ तलब हुन्छ भनेर विश्वास दिलाइ पीडितहरूबाट रकम असुल गरी उनी सम्पर्कविहीन भएका थिए।
पीडितहरूले जाहेरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हबारीको खोजतलास सुरू गरेको थियो।
पक्राउ परेका हबारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Leave a Reply