काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि अल्पसूची (सर्ट लिस्ट) निकालिएको छ।
उपकुलपति सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सूचीमा पर्नेहरूमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।
त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही १८ गते सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको हो।
यसअघि सरकारको सिफारिसमा सोझै उपकुलपति नियुक्त हुने गरिए पनि यसपालि दरखास्त आह्वान गरेर प्रक्रिया अगाडि बढाइएको छ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बोद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरेको रहेको सिफारिस समिति गठन गरेका थिए।
हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।
Leave a Reply