जनकपुरधाम- भारतको जम्मू–कश्मीरमा तीर्थयात्रु बोकेको बसमा आतंकवादी हमला भएको छ।
आतंकवादी हमलामा परेर ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
आतंकवादी हमला भएको क्षेत्र जम्मूमा पर्दछ।
आक्रमणको निन्दा गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले यो दुःखको घडीमा देश पीडित परिवारको साथमा रहेको बताएकी छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘जम्मू–कश्मीरको रियासी जिल्लामा तीर्थयात्री बोकेको बसमा भएको आतंकवादी हमलाबाट म व्यथित भएकी छु। यो कायरतापूर्ण कृत्य मानवताविरूद्धको अपराध हो। यसको कडा शब्दमा निन्दा हुनुपर्दछ।’
यसअघि भारतीय जनता पार्टी (भाजपा) नेता एवं क्याबिनेटमन्त्री अमित शाहलाई अपराधिलाई नछाडिने बताएका थिए।
कांग्रेस नेता राहुल गान्धीले यसलाई कायरतापूर्ण आतंकी हमला भनेका छन्।
प्रहरीका अनुसार लुकेर बसेका आतंकवादी कटरातर्फ गइरहेको बसमा गोली प्रहार गरेको बताएका छन्।
गोली प्रहार भएपछि चालकले नियन्त्रण गुमाउँदा बस सडकमुनि खोँचमा खसेको प्रहरीको भनाइ छ।
बसमा उत्तर प्रदेसका तीर्थयात्रुहरू सवार रहेको बताइएको छ।
Leave a Reply