तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य निधिबाट दुई लाख आर्थिक सहयोग

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मानवेन्द्र निधिले आर्थिक सहयोग गरेका छन्।

तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्य निधिले २ लाख आर्थिक सहयोग गरेका हुन्।

 तरुण दलका अध्यक्ष विद्वान गुरुङको पहलमा निर्माण भइरहेको भवन निर्माणका लागि उनके आर्थिक सहयोग गरेका हुन। 

धनुषाका निधि राजनीतिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहने युवा हुन्।

पेसाले इन्जिनियर तथा सिडेनका निवर्तमान निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका उनी पछिल्लो समय तरुण दलमा आवद्ध भइ राजनीतिक तथा सामाजिक गतिविधि अगाडि बढाइरहेका छन्।

निधि तरुण दलका साथै कांग्रेसभित्र पनि लोकप्रिय नेताका रूपमा चिनिन्छन्।

तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चरणको चन्दा संकलन गरिरहेको छ।

यसक्रमममा केन्द्रीय सदस्य राजु थापाले ४ लाख, विप्लव हमालले २ लाख ५५ हजार, गुरुप्रसाद दाहालले २ लाख ५५ हजार, कपिल पोखरेल, मुकुन्द छन्त्याल र सागर पाण्डेले २–२ लाख आर्थिक सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *