जनकपुरधाम- जल तथा मौसम विभागले आज दिउँसो देशभर आंशिक बदली हुने सम्भावना रहेको जनाएको छ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाले देशभर आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको हो।
विभागका अनुसार अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेसका एक दुई स्थानमा कतै हल्का कतै मध्यम वर्षा भइरहेको छ।
देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावन रहेको छ।
त्यस्तै तराईका केही स्थानमासमेत मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिक बदली हुने जनाउँदै विभागले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानका साथै बाँकी प्रदेसका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
Leave a Reply