जनकपुरधाम- जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयले डीन र निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले विभिन्न संकायका डीन र निर्देशक नियुक्तिका लागि दरखास्ता आह्वान गरेको हो।
विश्वविद्यालयले शनिबार सार्वजनिक सूचना प्रकाशित गरेर रिक्त रहेका मानविकी तथा कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र प्रविधि तथा इन्जिनियरिङ संकायका डीनका लागि दरखास्त आह्वान गरेको छ।
त्यस्तै अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र र राजर्षिजनक अध्ययन अनुसन्धान केन्द्रका निर्देशकहरू नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ।
‘राजर्षिजनक विश्वविद्यालयका डीन तथा निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यसम्पादन कार्यविधि, २०८० बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनका लागि कार्यविधिबमोजिम योग्यता पूरा गरेका नेपाली नागरिकबाट यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले सात दिनभित्र राजर्षिजनक विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरधाममा निवेदन पेस गर्न वा ष्लाय२चवग।अमग।लउ मार्फत पेस गर्न आह्वान गरिएको छ,’ सूचनामा भनिएको छ।
राजर्षिजनक विश्वविद्यालयको डीन तथा निर्देशक नियुक्तिका लागि गठन सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०८० विश्वविद्यालयको वेब साइटबाट हेर्न सकिने विश्वविद्यालयले जनाएको छ।
Leave a Reply