टि–२० विश्वकप : वेस्टइन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

जनकपुरधाम- आइसिसी टि–२० विश्वकपमा निकोलस पुरनको आक्रामक ब्याटिङबाट वेस्टइन्डिजले अफगानिस्तानविरूद्ध फराकिलो जित हासिल गरेको छ।

समूह ‘सी’ अन्तर्गत मंगलबार बिहान भएको खेलमा वेस्टइन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

वेस्टइन्डिजका लागि कुल ९२ रन बनाएका पुरनले अफगानिस्तानका तीव्र गतिका बलर अजमतुल्लाह ओमरजाईको एक ओभरमै ३६ रन जोडे।

‘लो स्कोरिङ’ बन्दै गएको टि–२० विश्वकपको यो संस्करणमा पहिलोपटक २ सयभन्दा बढी रन बनेको हो।

५३ बलको सामना गरेका पुरनले ९८ रन बनाएपछि वेस्टइन्डिजले अफगानिस्तानासामु २१८ रनको योगफल खडा ग¥यो।

सतक बनाउन २ रन बाँकी छँदा पुरन रनआउट भए। उनले ८ छक्का र ६ चौका प्रहार गरे।

वेस्टइन्डिजका लागि जौनसन काल्र्सले ४३, साइ होप २५ र रोभमन पावेलले २६ रन बनाए।

२१९ रनको लक्ष्य लिएर ब्याटिङका लागि उत्रिएको अफगानिस्तान १६.२ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्रै बनाउनसक्यो।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ३८ रन बनाए। त्यस्तै अजमुल्लाह ओमरजाई २३, करिम जनत १४, रासिद खान १८ रनको योगदान दिए।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *