टि–२० विश्वकप : न्युजिल्यान्डविरूद्ध अफगानिस्तानको ठूलो जित

जनकपुरधाम- टि–२० विश्वकपमा उलटफेरको संकेत देखिएको छ। अफगानिस्तानले बलियो ठानिएको न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेर जारी विश्वकपमा उलटफेरको संकेत दिएको हो।

न्युजिल्यान्डलाई जितका लागि १६० रन बनाउनुपर्ने थियो। तर, न्युजिल्यान्डको पूरा टिम ७५ रनमै आउट भयो।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

पहिले ब्याङिका लागि मैदानमा उत्रिएको अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनायो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जदरानले ४४ रन बनाए।

१६० रनको लक्ष्य लिएर ब्याटिङका लागि आएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रन जोड्दा अलआउट भयो।

अफगानिस्तानका तर्फबाट फजलहक फारूकी र राशिद खानले ४–४ विकेट लिए। त्यस्तै मोहम्मद नबीले २ विकेट लिए।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य बंगलादेशले एक ओभर बाँकी छँदै ८ विकेट गुमाएर पूरा ग¥यो।

श्रीलंकाका लागि ओपनर प्याथम निसंकाले सर्वाधिक ४७ रन बनाए। कुशल मेन्डिस १०, धनन्जय डिसिल्वा २१ र एन्जेलो म्याथ्युजले १६ रनको योगदान दिए।

बंंगलादेशका लागि मस्तफिजुर रहमान र रिसाद हुसेनले ३–३, तस्किन अहमदले २ र तन्जिम हसन साकिबले १ विकेट लिए।

यसअघि पहिलोपटक विश्वकप खेलिरहेको आयोजक राष्ट्र अमेरिकाले विश्व च्याम्पियन पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेर सबैलाई आश्चर्यचिकत तुल्याइदिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *