जनकपुरधाम- फागु पर्वको अवसरमा जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव सुरू भएको छ।
मिथिला नाट्यकला परिषद (मिनाप) ले आयोजना गरेको होरी महोत्सवअन्तर्गत पहिलो दिन होरी गायन प्रतियोगिता सुरू भएको हो।
राम मन्दिर परिसरस्थित पार्कमा होरी महोत्सव अहिले जारी छ।
होरी महोत्सवको औपचारिक शुभारम्भअघि मिनापका पदाधिकारी, सदस्य तथा कलाकारहरू डम्फा बजाएर लोकभाकामा होलीका गीत गाउँदै कार्यक्रमस्थल पुगेका थिए।
होरी गायन प्रतियोगितामा धनुषा, महोत्तरीलगायतका जिल्लाका टोलीहरू सहभागी भएका छन्। होरी गायन प्रतियोगितामा यसपालि पहिलोपटक महिला टोली पनि सहभागी भएको छ।
यसअघि पुरुष टोलीमात्रै सहभागी हुँदै आएको होरी महोत्सवमा यसपालि महिला टोलीले पनि सहभागिता जनाएको मिनापले जनाएको छ।
जोगिरा गायन प्रतियोगितामा प्रथम, द्वितीय र तेस्रो हुने टोलीलाई मिनापले पुरस्कृत गर्ने गरेको छ।
तराई–मधेसमा पारम्पिरिक जोगिरा गायन लोप हुँदै गइरहेको भन्दै यसको प्रवद्र्धन गर्ने उद्देश्यले होलीको अवसर पारेर यसखाले प्रतियोगिताको आयोजना गर्ने गरेको मिनापको भनाइ छ।
Leave a Reply