काठमाडौं- चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) मा ५६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन्।
नेपाल मेडिकल काउन्सिलले माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन्।
काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएसतर्फ १ हजार ७३७ र बीडिएसतर्फ २८५ गरी जम्मा २ हजार २२ जना परीक्षार्थी सहभागी थिए।
जसमा एमबीबीएसतर्फ ९६२ र बीडिएसतर्फ १७४ परक्षिार्थ उतीर्ण भएका छन्।
काउन्सिलले परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योग गर्न सक्ने व्यवस्था गरेको छ।
यसअघि काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका थिए।
Leave a Reply