जनकपुरधाम- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुरमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–२९ को सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधान एकसाथ ठोक्किएर दुर्घटना भएको हो।
गएराति काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नागरायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा चारवटै सवारी साधनका चालकसहित २३ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको भरतपुर अस्पताल, इच्छाकामना अस्पताल कुरिनटार र नयाँ मेडिकल कलेल भरतपुरमा उपचार भइरहेको छ।
Leave a Reply