जनकपुरधाम- पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्य ह्वात्तै घटेको छ।
सुनको मूल्य एकैपटक प्रतितोला ४ हजार रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनको मूल्यको प्रतितोला १ लाख ४१ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।
गत साताको शुक्रबार छापावल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रूपैयाँ थियो।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ सय रूपैयाँ कायम भएको छ।
गत साताको शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।
Leave a Reply