जनकपुरधाम- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर रू. तीन र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू. एक घटाएको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुरधाम, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२.५० रूपैयाँ निर्धारण भएको छ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा रू.१६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा रू.१६५ प्रतिलिटर कायम भएको छ।
त्यसैगरी डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत रू. १४९.५०, दोस्रो वर्गअन्तर्गत रू.१५१ र तेस्रो वर्गअन्तर्गत रू.१५२ प्रतिलिटर कायम भएको निगमले जनाएको छ।
Leave a Reply