ग्वार्कोमा टिपरको ठक्करबाट सिरहाका जयनाथको मृत्यु

काठमाडौं- ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट सिरहाका एक युवकको मृत्यु भएको छ।

टिपरको ठक्करले मोटरसाइकलमा सवार सिरहा बरियारपट्टी गाउँपालिका–४ का ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको हो।

यादव सबार प्रदेस २–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गएराति टिपरले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए।

यादव कोटेश्वरमा बस्दै आएका थिए।

राति ९ बजेर ४० मिनेटमा ग्वार्को चोकस्थित सडक खण्डमा कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि बिएन्डबी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने बा ३ ख ६६२१ नम्बरको टिपर टीका भैरवमा फेला पारिएको एससपी श्रेष्ठले जानकारी दिएका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *