काठमाडौं- नेपाल क्रिकेट संघ (क्यानं) ले आगामी घरेलु श्रृंखलाका लागि दुई छुट्टाछुट्टै टोलीको घोषणा गरेको छ।
क्यानले क्यानाडाविरूद्ध र विश्वकप लिग–२ का लागि आइतबार दुई छुट्टाछुट्टै टोलीको घोषणा गरेको हो।
क्यानाडाविरूद्धको श्रृंखलामा नियमित खेलाडीहरूबाहेक नयाँ अनुहारहरू मैदानमा उत्रिनेछन्। विश्वकप लिग–२ का लागि भने राष्ट्रिय टोलीले अवसर पाउने भएका छन्।
नेपालले फेबु्रअरी ८ देखि क्यानाडासँग तीन म्याचको श्रृंखला खेल्न लागेको हो। घरेलु मैदानमा हुने यो श्रृंखला फेब्रअरी ८, १० र १२ मा हुनेछ।
त्यस्तै क्रिकेट विश्वकप लिग–२ श्रृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया रहनेछन्।
यो श्रृंखला फेबु्रअरी १५ देखि २४ तारिखसम्म चल्नेछ।
टिमका वरिष्ठ सदस्यहरू दीपेन्द्रसिंह ऐरी, करन केसी, अर्जुन साउद र गुलशन झालाई क्यानाडाविरूद्धको श्रृंखलामा आराम दिइएको छ।
उनीहरूको ठाउँमा यू–१९ का तीव्र गतिका बलर हेमन्त धामी, आकाश चन्द र रिजन ढकाल पहिलोपटक टिमका वरिष्ठ सदस्यहरूसँग मैदान साझा गर्नेछन्।
यसका साथै अनिल साह, पवन सर्राफ र देव खनालले पनि क्यानाडाविरूद्धको श्रृंखलामा स्थान पाएका छन्।
हालै सम्पन्न प्रधानमन्त्री कपमा अनिल साह र पवन सर्राफले उत्कृष्त प्रदर्शन गरेका थिए।
क्यानाडाविरूद्धको श्रृंखलाका लागि टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सुर्य तामाङ, रिजन ढकाल, आरिफ शेख, हेमन्त धामी, आकाश चन्द, अनिल साह, पवन सर्राफ, भिम सार्की, देव खनाल र कुशल मल्ल
लिग–२ त्रिदेशीय श्रृंखलाका लागि टिम
रोहि पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल, आरिफ शेख, करन केसी, गुलशनल झा, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, भीम सार्की, कुशल मल्ल र पवन सर्राफ
Leave a Reply