कुवेतमा आगलागीमा परेर ४९ जनाको मृत्यु, केही नेपाली घाइते

जनकपुरधाम- कुवेतको दक्षिणी सहर मङ्गाफस्थित आप्रवासी कामदारहरूलाई राखिएको एउटा आवासगृहमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ।

मृतकमध्ये ४० जना भारतीय हुन्।

आगलागीमा परेर केही नेपाली कामदार पनि घाइते भएका कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार त्यो आवासगृहमा पाँच जना नेपाली बस्दै आएका पुष्टि भएको छ।

पाँच जनामध्ये तीन जना घाइते भएको बताइएको छ।

कुवेतका आन्तरिक मामिलामन्त्री फहद युसुफका अनुसार आगलागीको घटनामा परेर ४९ जनाको मृत्यु भएको छ।

उनले आवासगृहका मालिकहरूको लोभका कारण यो दुर्घटना निम्तिएको बताएका छन्।

आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए।

स्थानीय सञ्चारमाध्यमहरूले उक्त भवनमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेको भन्ने विवरण सार्वजनिक गरेका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ४० जना भारतीयको मृत्यु भएपछि बुधबार रात बैठक गरेका छन्।

बैठकले आगलागीमा परेर ज्यान गुमाएका भारतीयहरूको परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २–२ लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।(बिबिसीबाट)

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *