काठमाडौं–तराई द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड विनियोजन

जनकपुरधाम- सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड रूपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिए।

द्रुतमार्गअन्तर्गतका महादेवटार, ढोद्रे र लेनडाँडामा निर्माणाधीन सुरूङमार्ग अर्को आर्थिक वर्षमा सकिने उनले बताए।

त्यस्तै निर्माणाधीन ५७ पुलको निर्माणकार्य पनि सकिने पुनले बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *