उपनिर्वाचन हुने क्षेत्रमा मौनअवधि सुरू

काठमाडौं- इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि आजदेखि मौनअवधि सुरू भएको छ।

वैशाख १५ गते हुन लागेको इलामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि बुधबार रातिदेखि मौनअवधि सुरू हुन लागेको हो।

निर्वाचन आचारसंहिाअनुसार मौनअवधिमा प्रचारप्रसार गर्न निषेध गरिएको छ।

मतदान हुने वैशाख १५ गतेभन्दा ४८ घन्टाअघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनााको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाएको छ।

मौनअवधिमा प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाटसमेत मत माग्न निषेध गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *