इलाम–बझाङ उपनिर्वाचन : चैत २४ गते मनोनयन दर्ता

काठमाडौं- निर्वाचन आयोगले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

आगामी १५ वैशाखका लागि उपनिर्वाचनको मिति तोकेको आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो।

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेससभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ।

त्यस्तै दुवै क्षेत्रको उपनिर्वाचनका लागि चैत २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने आयोगले जनाएको छ।

उपनिर्वाचन हुने क्षेत्रहरूमा फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नका लागि फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिने आयोगले जनाएको छ।

स्वीकृत कार्यतालिकाअनुसार चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र त्यही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *