जनकपुरधाम- इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनका क्रममा १६ वर्षीया निका एकाएक गायब भइन्।
इरानको सुरक्षा फौजले यौन उत्पीडनपछि ती किशोरीको हत्या गरेको हालै खुलासा भएको दस्ताबेजमा उल्लेख छ। यी दस्ताबेज सुरक्षा फौजले नै लेखेको बुझिएको छ।
त्यसकै आधारमा १६ वर्षीया निका शाकाराको हत्या भएको खुलासा भएको हो।
उनी सन् २०२२ मा भएको सत्ताविरोधी प्रदर्शनबाट गायब भएकी थिइन्।
उनको शब ९ दिनपछि फेला परेको थियो। इरानी सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो।
‘अति गोप्य’ लेखिएको प्रतिवेदनमा इस्लामिक रेभलुसनरी गार्ड्स कोर (आइआरजिसी) ले निकाको मुद्दामा गरेको सुनुवाइको सारांश प्रस्तुत गरिएको छ।
यो सुरक्षा फौजले इरानको इस्लामिक संस्थाको बचाउ गर्छ। प्रतिवेदनमा उनका हत्याराहरूले र त्यो सत्य लुकाउन प्रयत्न गरेका वरिष्ठ कमान्डरहरू भन्दै केही नाम पनि उल्लेख छ।
त्यसमा एउटा गोप्य भ्यानको पछाडि भएको घटनाको विचलित पार्ने किसिमका विवरण छन्। उक्त गाडीमा सुरक्षा फौजले निकालाई नियन्त्रणमा राखेका थिए।
निका बेपत्ता भएको र उनको मृत्यु भएको खबर जताजतै फैलिएको थियो। अनि उनको तस्बिर इरानमा महिला स्वतन्त्रताको लडाइँको एउटा बिम्ब बनेको थियो।
इरानमा सडक संघर्ष बढ्दै गइरहेका बेला सन् २०२२ को रशद ऋतुमा अनिवार्य हिजाब लगाउनुपर्ने कडा निकायमाथि आक्रोशित मानिसहरू उनको नाममा नारा लगाउँथे।(बिबिसीबाट)
Leave a Reply