आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्वास्थ्यमन्त्री सिंहको छड्के

जनकपुरधाम- मधेस प्रदेसका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले जनकपुरधामस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सोमबार छड्के गरेका छन्।

चिकित्सालयले दिइरहेको सेवाबारे जनगुनासो आएपछि मन्त्री सिंहले छड्के अनुगमन गरेका हुन्।

बिहान करिब १० बजे त्यहाँ पुगेका उनले चिकित्सालयबाट प्रभाव भइरहेको सेवा, चिकित्सक तथा कर्मचारीबारे जानकारी लिएका थिए।

उनले ल्याबसेवा किन बन्द भएको भनेर प्रश्न गरेका थिए।

त्यहाँ उपस्थिति कर्मचारीले रिएजेन्टको अभावमा ल्याब बन्द भएको मन्त्री सिंहलाई जानकारी गराएकी थिइन्।

मन्त्री सिंह छड्केमा पुग्दा केही चिकित्सक र कर्मचारी अनुपस्थित रहको पाइएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *