आफ्नो नेतृत्वको प्रदेस सरकारलाई सुरक्षित गर्ने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा रहेको प्रदेस सरकारलाई सुरक्षित गर्न पहल गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहित प्रदेसका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले आफ्नो नेतृत्वमा रहेको प्रदेस सरकारलाई सुरक्षित गर्ने र अन्य प्रदेसमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए।

‘सम्भावना बाँकी रहेका प्रदेसमा सरकार जोगाउने विषयमा छलफल भएको छ,’ उनले भने।

सातै प्रदेसका बारेमा प्रदेस सभापतिहरूसँग जानकारी लिएको र कांग्रेस नेतृत्वमा रहेको प्रदेस सरकारलाई बचाउने प्रयासलाई जारी राख्ने निर्णय भएको परियारले बताए।

संसदमा विपक्षमा रहेका दलहरूसँग सहकार्य गरेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *