जनकपुरधाम- आइपिएल २०२४ लगभग अन्तिम चरणमा पुगिसकेको छ। यद्यपि ५६ म्याचका बाबजुद आधिकारिक रूपमा कुनै पनि टिम प्लेअफमा पुग्न सकेको छैन।
राजस्थान रोयल्स यसपालि क्वालिफाइ गर्ने पहिलो टिम बन्ने निश्चितजस्तै देखिन्थ्यो।
तर, पाँच सातासम्म शीर्षमा रहेको राजस्थानलाई कोलकत्ता नाइटराइडर्सले पराजित गरेर दोस्रो नम्बरमा धकेलिदियो।
लगातार दुई खेल हारेको राजस्थान क्वालिफाइका लागि आवश्यक १८ अंकसम्म पुग्न पाएन।
मंगलबार राति दिल्ली क्यापिटल्सले राजस्थानलाई २० रनले पराजित गरेर ऋषभ पन्त नेतृत्वको यो टिम रेसमा आफूलाई कायमै राखेको छ।
विवादित तरिकाबाट आउट दिलाइएका सन्जु सैमसन केही दुर्भाग्यशाली रहे।
उनलाई खेलको १६ औं ओभरमा विवादित तरिकाबाट एम्पायरले आउट गरेका थिए।
मुकेश कुमारको बलमा साइ होपले बाउन्ड्रीमा सन्जुलाई क्याच गरे। तर, होपको गोडा बाउन्ड्रीमा छोएको थियो।
रिव्युपछि एम्पायरले दिल्लीको पक्षमा आफ्नो निर्णय सुनाए। सन्जुको विकेट म्याचको ‘टर्निङ प्वाइन्ट’ साबित भयो।
राजस्थान टिम जितको तर्फ बढिरहेको थियो। तर, यो विवादित निर्णयपछि म्याचको दिशा फेरियो। सन्जुले ४६ बलमा ८६ रन बनाए जसमा ८ चौका र ६ छक्का सामेल थियो।
विश्वकपमा पन्त वा सन्जु?
प्रतिस्पर्धा दुई जना विकेटकिपर–ब्याटरबीच थियो, जो विश्वकप टिमको ‘प्लेइङ इलेभन’ मा पनि प्रतिस्पर्धा गर्नेछन्।
दिल्लीका कप्तान पन्त र राजस्थानका कप्तान सन्जु दुवै जना जबरदस्त फर्ममा छन्।
कप्तान रोहित शर्मा र टिम व्यवस्थापनलाई पन्त र सन्जुमध्ये कुनै एक जनालाई ‘प्लेइङ इलेभन’ मा छनोट गर्न त्यति सहज हुने छैन।
आइपिएल सकिएलगत्तै वेस्टइन्डिज र अमेरिकामा आइसिसी टि–२० विश्वकप हुँदैछ।
Leave a Reply