काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भनिरहेको सुशासनप्रति प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिभा बैठकमा बोल्दै गिरीले अख्तियारले बयानका लागि बोलाउँदा मन्त्री र सांसद नजाने अनि सरकार भने सुशासनको कुरा गरिरहेको भन्दै प्रश्न उठाएका हुन्।
टेरामक्सको सामग्री खरिदमा अनियमितताको आशंका गरिएका मन्त्री र सांसदलाई अख्तियारले बयानका लागि बोलाउँदा नगएकोप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन्।
सरकारले कमजोर मान्छेलाई मात्रै थुनिरहेको तर शक्तिशालीहरूसँग परबाटै भागिरहेको गिरीको भनाइ छ।
‘एउटा ल्यापटकै ५० हजार अमेरिकी डलर खर्च गर्ने अनि अनियमिमता भयो भनेर प्रश्न उठाउँदा जवाफ दिन नपर्ने?,’ उनले भने।
गिरीले अहिलेको सरकारले सुशासनको कुरा गर्न नमिल्ने बताए। उनले भने,‘एउटा ल्यापटलाई ५० हजार डरलमा ल्याउने? खाने कत्रो मुख हो? तिनै मान्छे मन्त्री छन्, माननीय छन्। अख्तियारले बयानमा बोलाउँदा बयान दिन जान्न भन्छन् अनि सुशासन कायम हुन्छ?’
Leave a Reply