२४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जाँदै पुटिन

जनकपुरधाम- रूसका राष्ट्रपति व्लादिमीर पुटिन मंगलबार उत्तर कोरिया भ्रमणमा जान लागेका छन्।

पछिल्लो २४ वर्षमा उनी पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्।

भ्रमणको क्रममा पुटिनको राजधानी प्योंङयाङमा उत्तर कोरियाका नेता किम जोङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसअघि दुवै नेताबीच गत सेप्टेम्बरमा रूसको सहर व्लादिवेस्तोकमा भएको थियो। सन् २००० पछि पुटिन पहिलोपटक उत्तर कोरिया जान लागेका हुन्।

यसबैबीच अमेरिकाले ‘दुई देशबीच बढी रहेको सम्बन्ध’ लाई लिएर आफू चिन्तित बनेको प्रतिक्रिया दिएको छ।

पुटिनको उत्तर कोरिया भ्रमणलाई रूसले ‘मैत्रीपूर्ण राजकीय भ्रमण’ भनेको छ।

रूसी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा पुटिन र जोङबीच सुरक्षा मामिलासहितका साझेदारी सम्झौतामा हस्ताक्षर हुनसक्नेछ।

सम्झौतापछि दुवै नेताले सञ्चारमाध्यमसमक्ष साझा बयान दिने बताइएको छ।

पुटिन प्योङयाङको कुमसुसन गेस्टहाउसमा बस्ने तय भएको छ। सन् २०१९ को भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङलाई पनि यहीँ राखिएको थियो। (बिबिसीबाट)

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *