जनकपुरधाम- जापानको केन्द्रीय बैंकले १७ वर्षमा पहिलोपटक ब्याजदर वृद्धि गरेको छ।
बैंक अफ जापानले आफ्नो प्रमुख ब्याजदरलाई –०.१ प्रतिशतबाट बढाएर ०–०.१ प्रतिशत गरेको हो।
उपभोक्ता दर वृद्धि हुँदा तलबसमेत वृद्धि हुँदा त्यहाँको केन्द्रीय बैंकले कर्जामा यो परिमाणमा ब्याजदर वृद्धि गरेको बताइएको छ।
सन् २०१६ मा केन्द्रीय बैंकले मुलुकको स्थिर अर्थव्यवस्थालाई गति दिने प्रयासस्वरूप प्रमुख ब्याजदरलाई शून्यभमुनि गरेको थियो।
केन्द्रीय बैंकको यो निर्णयअघि शून्य वा त्योभन्दा मुनि ब्याज दर रहेको जापान एक्लो मुलुक थियो।
Leave a Reply