हारपछि लखनऊका मालिकले कप्तान केएल राहुललाई गाली गरेका हुन्?

जनकपुरधाम- आइपिएलअन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट््सविरूद्ध शानदार जित हासिल ग¥यो।

लखनऊले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ९.४ ओभरमा विना विकेट गुमाएर पूरा ग¥यो।

टि–२० क्रिकेटको इतिहासमा १५० वा त्योभन्दा बढीको स्कोर १० ओभरभित्र पूरा गरिएको यो पहिलोपटक हो।

हैदराबादका ओपनरहरू ट्रैविस हेड र अभिषेक शर्माको चौका तथा छक्काको वाढीमा लखनऊ नराम्ररी बग्यो।

हेड र शर्माको ब्याटिङसामु लखनऊका कप्तान केएल राहुल असाहय देखिए। लखनऊका कुनै पनि बलरले हैदराबादका ओपनहरूलाई रोक्न सफल हुन सकेनन्।

तर, यसबीचमा मैदानमा भएको एक घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसका लागि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न उठाइरहेका छन्।

खेल सकिएपछि लखनऊ टिमका मालिक सञ्जीव गोयनका धेरै बेरसम्म टिमको डगआउटमा पुगेर कप्तान राहुलसँग कुराकानी गरेका थिए।

यसक्रममा गोयनका ज्यादै आक्रोशमा देखिन्थे। र, उनी निरन्तर राहुललाई केही भनिरहेका थिए।

अर्कोतर्फ राहुल भने शान्त भएर उनलाई सुनिरहे।

त्यतिमात्रै होइन खेलको कमेन्ट्री गरिरहेका कमेन्टेटरहरूले पनि यो विषयको उठान गरे। यस्ताखाले कुराकानी क्यामेराअगाडि नभएर बन्द कोठामा हुनुपर्ने उनीहरूको भनाइ छ।

गोयनका र राहुलबीच भएको कुराकानीको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

दुवै जनाबीच भएको कुराकानी नसुनिए पनि गोयनकाको हाउभाउलाई लिएर सामाजिक सञ्जालमा धेरैले आफ्नो प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल एक्सका केही प्रयोगकर्ताले हारपछि राहुलले गाली खानुपरेको बताएका छन् भने कतिपयले यो घटनालाई लिएर रिस पोखेका छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *