हजयात्रामा गएका १९ हजयात्रुको मृत्यु

जनकपुरधाम- मक्का–मदीना यात्रामा गएका १९ हजयात्रुको मृत्यु भएको छ।

बकर–ईदको अवसरमा मक्का–मदीना गएका १९ हजयात्रुको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो।

मृतक सबै हजयात्रु जोर्डन र ईरानको रहेका बताइएको छ।

अत्याधिक गर्मीका कारण उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बकर–ईदको अवसरमा हरेक वर्ष लाखौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हजयात्राका लागि मक्का–मदीना पुग्ने गरेका छन्।

हजयात्रा मुस्लिम समुदायका लागि सबैभन्दा ठूलो धार्मिक यात्रा ठानिन्छ। मक्का–मदीन मुस्लिमहरूका लागि सबैभन्दा ठूलो धार्मिक स्थल हो।

यसपालि हजयात्रामा १८ लाखभन्दा बढी मुस्लिम समुदाय पुगेको बताइएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *